ताजा समाचार

जतिवटा दलको गठबन्धन बनाएर आए पनि एमाले जनमतबाटै सरकारमा फर्किन्छः ओली

कानूनका नौ सिङमध्ये टाउकाको होइन न्यायाधीशका कोखाको सिङले हानेर बनाइएको अवैध सरकार

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसकेर बनेको पाँच दलीय गठबन्धनलाई वैशाख ३० गते हैसियत देखाइदिन पर्ने बताएका छन् ।

पर्साको वीरगञ्जमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिवटा दलको गठबन्धन बनाएर आए पनि एमाले जनमतबाटै सरकारमा फर्किने दाबी गरे ।

ओलीले वर्तमान सरकार जनमतबाट नभइ परमादेशबाट आएकाले यसको वैधता नरहेको बताए । उनले दुनियाँमा कहिँ पनि नभएको अदालतबाट प्रधानमन्त्री छान्ने काम नेपालमा भएको टिप्पणी गरे ।

ओलीले भने, ‘जनताले बुथ बुथमा गएर मतदान गरेर बनाएको सरकार यो होइन । यो त अदालतमा लगेर, कानूनका नौ सिङमध्ये टाउकाको होइन न्यायाधीशका कोखाको सिङले हानेर बनाइएको अवैध सरकार हो । यसलाई जनादेशबाट विस्थापित गर्नुपर्छ ।

कार्यक्रममा बहादुरमाई नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाका उपप्रमुखहरू कांग्रेस र जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । उनीहरूसँग विभिन्न दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन ओली वीरगञ्ज पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org