ताजा समाचार

भुमिहिन दलित परिवारलाई जग्गा धनी पुर्जा वितरण गर्न चितवन पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो एक महिनामा ३ पटक गृह जिल्ला चितवन पुगिसकेका छन् ।

स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा देश दौडाहा सकेर अध्यक्ष प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा केन्द्रीत भएका हुन् ।  बुधबार अध्यक्ष प्रचण्ड दलित समुदायलाई जग्गाको धनीपुर्जा वितरण गर्न चितवन पुगेका हुन् ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘भरतपुर नगरपालिका वडा न २ का ४१ घरधुरी भुमिहिन दलित परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रममा अध्यक्ष कमरेड प्रचण्ड।’ यस अघि अध्यक्ष प्रचण्ड चितवनको माडी क्षेत्रमा पुगेर चेपाङ समुदायका लागि आफ्नो निर्वाचन क्षेत्र विकास कोषबाट बनाईदिएको सामूहिक बस्ती उद्घाटन गर्न पुगेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org