ताजा समाचार

एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आचार संहितामा त्रुटि रहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ ।

आयोगले हालै मात्र पास गरेको आचार संहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले ध्यानाकर्षण गराउन लागेको हो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखेलको नेतृत्वमा दिउँसो १ बजे डेलिगेशन जान लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org