ताजा समाचार

पदभार ग्रहण गर्दै कानूनमन्त्रीले भने- शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्छु

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै विभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन नसकेको भन्दै आफ्नो ध्यान यसैमा केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीले शान्ति प्रक्रियाका विषयलाई निष्कर्षमा पुर्‍याउन दिएको जिम्मेवारी पूरा गर्ने मन्त्री शर्माको भनाइ छ ।

‘सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई क्रियाशील बनाउनका लागि आवश्यक कानून बनाउँछु’, उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org