ताजा समाचार

माधव नेपालको पार्टी थारो भैँसी जस्तै हो, यो पार्टी बन्दैन : थापा

बझाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले माधव कुमार नेपालको पार्टीलाई थारो भैँसी संज्ञा दिएका छन् ।

बझाङको चैनपुरमा आयोजना गरिएको नेकपा एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने- माधव नेपालको पार्टी थारो भैँसी जस्तै हो । उनले बनाउन खोजेको पार्टी बन्दैन । बने पनि देशको आवश्यकता अनुसारको हुँदैन ।

अहिलेको अवस्थामा देशमा एमालेको आवश्यकता रहेको उनले बताए ।

जिल्ला पार्टी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, जनसङ्गठन विभाग प्रमुख भानुभक्त ढकाल लगायत बझाङ पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org