ताजा समाचार

उर्जा मन्त्री भुषाल र अष्ट्रियाका राजदूत वाइजरबिच भेटवार्ता

काठमाडाैँ । नेपालको लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गरेका छन ।

मन्त्रालयमा आज राजदूत वाइजरले मन्त्री भुसाल भेट गरेका हुन । भेटमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध सहयोगका विविधि विचार विमर्श भएक हो।
नेपाल र अष्ट्रियाबिच सन् १९५१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।उर्जामन्त्री भुसालले पाटन सग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्धारमा अष्ट्रियाले गरेको सहयोगका लागि अष्ट्रिया सरकारलाई धन्यवाद व्यक्त गरिन।

अष्ट्रियाको वातवरण, सांस्कृतिक सम्पादा , संरक्षण र खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई गरेको सहयोगका लागी धन्यवाद दिएकी हुन।
आगमी दिनहरुमा जलवायु परिर्वतन र वातावरणीय प्रभावका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिइन।

मन्त्री भुसालले सन् २०३० सम्ममा दिगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेटाउनका लागि अष्ट्रियाका सरकारको सधै साथ रहने विश्वास राख्नु भयो। साथै मन्त्री भुषालले नेपालका लागि राजदूत नवनियुक्त राजदुतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आउदो दिनमा दुई देशबिचको सम्बन्ध अझै मजबुत हुने विशवास व्यक्त गरिन।
राजदूत वाइजरले पनि अष्ट्रिया र नेपालबीच भौगोलिक बनावट उस्तै रहेको उल्लेख गर्दै आगमि दिनमा जलविधुत्को क्षेत्रमा सहकार्य गर्न सकिने बताए। वाइजरले आफ्नो देशमा ६० प्रतिशत जलविधुत उर्जा प्रयोग भएको र बाँकी सौर्य एवं बायोमास प्रयोग हुदै आएको जानकनरी दिइन। भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की तथा परराष्ट मन्त्रालयका अधिकारीहरुको उपस्थित थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org