ताजा समाचार

नेता र काला व्यापारीले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आयो : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलबार बीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरू र काला व्यापारीहरूले घरमा थन्क्याएको भएको बताए । नेताहरूले कमिसन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे ।

नेताहरू र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिने बताए ।

‘बैंकमा पैसा छैन । यो सामान्य कुरा होइन । नोट त छापिएको थियो नि त,’ उनले भने, ‘नोट कहाँ गयो ? नेताहरूको घरमा । नेताहरूको र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ । एकचोटी राप्रपालाई सहयोग गर्नुस् त । यिनीहरूको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौँ। गर्न सकिन्छ ।’

अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा देश बनेको हेन मतदाताहरूले पार्टी र नेता फेर्ने बेला आएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org