ताजा समाचार

नेकपाका नेता ओली र बाँस्तोला प्रचण्डलाई भेट्न खुमलटार पुगे

काठमाकाैँ । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेट गरेका छन ।

प्रचण्ड निवास खुमलटारमा नेकपा नेता ओली र बास्तोलाले अध्यक्ष प्रचण्डसंग भेट गरेका हुन ।नेकपाका अध्यक्ष विप्लव र प्रवक्ता प्रकाडले प्रधानमन्त्री देउवा भेटेपछि सचिवालय सदस्य ओली र बास्तोलाले प्रचण्डसँग भेटेका हुन् ।

भेटका क्रममा नयाँ बर्षको शुभकामना आदानप्रदान तथा प्रचण्ड पत्नि सिता दाहाललाई स्वास्थ्य लाभको कामना र आफ्नो पार्टीका बन्दी रिहाइ गरिदिन प्रचण्डसँग आग्रह गरेको बास्तोलाले जानकारी दिए ।

निर्वाचनको पक्षमा रहेका शीर्ष नेतादयले प्रधानमन्त्री देउवा भेटेपछि सचिवालय सदस्य ओलि र बास्तोला प्रचण्डसँग भेटेका हुन् । नेकपा भित्र निर्वाचन पक्ष र विपक्षका नेताहरुको यो भेटलाई महत्वपुर्ण रुपमा हेरिएको छ । विप्लप नेकपा निर्वाचनमा सहभागी हुने र नहुनेबारे मतान्तर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org