ताजा समाचार

एमाले अध्यक्ष ओली हुम्ला जाँदै

काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन् ।

जिल्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न  हुम्ला जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा प्रस्थान हुने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थाई कमिटि सदस्य गोरख बहादुर बोगटिले बताए ।

लिमीका वासिन्दासँग भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गर्नेछन् । त्यसपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बाेधन गर्ने कार्यक्रम एमालेले जनाएको छ  । चुनावको मुखमा ओलीकाे जिल्लाजिल्लामा सक्रियताच बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org