ताजा समाचार

झिमरुक गाउँपालिका गठबन्धनमा कांग्रेस र माओवादीबिच भागबण्डा मिल्यो

काठमाडाैँ । प्युठानको झिमरुक गाँउपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रविच आसन्न स्थानिय निर्वाचनका लागी तालमेल गर्ने सहमति जुटेको छ ।
यसअघि राष्ट्रिय जनमोर्चाले जितेको गाउँपालिकामा दुई दल मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् ।

पालिका अध्यक्ष माओवादीलाई र उपाध्यक्ष काँग्रेसलाई दिने समझदारी बनेको छ । अरु वडा अध्यक्ष र सदस्य दुइ दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने भएको छ । माओवादीले पालिका अध्यक्षमा पितबहादुर एमसी र काँग्रेसले उपाध्यक्षमा प्रमोद पोखरेल उठाउने तयारी गरेको छ ।

पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीलाई पन्छाएर दुइ दलले मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org