ताजा समाचार

बालुवाटारमा मध्यराति सुरु भयो गठबन्धन बैठक

पाँच दलीय गठबन्धनको बैठक अहिले मध्यराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
मंगलबार दिनभर महानगरपालिकाका उपमेयर तथा उपमहानगरपालिकाका मेयर र उपमेयरको छिनोफानो असम्भव भएपछि मध्यराति गठबन्धन बैठक सुरु भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलका शीर्ष नेता तथा रामचन्द्र पौडेल नेतृत्वको अनुगमन समितिका सदस्यहरु सहभागी छन्।
यो बैठकले उपमहानगरपालिकाको भागवण्डा मिलाएमा जिल्ला जिल्लालाई अन्य पालिकाको बाँडफाँट अधिकार दिने तयारी गठबन्धनले गरेको छ।
मंगलबार मात्रै पोखरा महानगरमाथिको दाबी कांग्रेसले छाडेपछि एकीकृत समाजवादीलाई दिने सहमति गठबन्धनबीच भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org