सङ्घीय राजधानी काठमाडौंमा स्थानीय तह निर्वाचनको चहलपहल
सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ ।
दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र कन्द्रीय तहका संयन्त्र कसलाई कुन तहमा चुनाव लडाउने भन्ने गृहकार्यमा लागेका छन् । चोक, चौतारा एवं चिया पसलमा निर्वाचनको बहसले प्राथमिकता पाएको छ । विभिन्न तहमा क्रियाशील राजनीतिक नेता, कार्यकर्ता टिकटका लागि दौडधुपमा लागेका छन् । काठमाडौँमा एक महानगर र १० नगरपालिका रहेका छन् ।
सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आज काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाका प्रमुखको निर्णय गर्न बैठक बोलाएको जनाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले भने शनिबार महानगरपालिकामा पार्टीका तर्फबाट चुनाव लड्नेको अन्तिम निर्णय गर्ने जनाइएको छ । अन्य नगरपालिकाका नेतृत्वको टिकट भने प्रदेश समितिले दिनेछन् । वडा तहको निर्णय पार्टीका जिल्ला संयन्त्रले गर्ने जनाइएको छ ।
राजधानीका काठमाडौँ महानगरपालिका, शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा निर्वाचन कार्यालय बिहीबारदेखि स्थापना भइसकेको छ । महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह र अन्य नगरपालिकाको कार्यालय सम्बन्धित नगरपालिकामा गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी समिता बस्नेतले राससलाई जानकारी दिनुभयो । निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएको छ ।
काठमाडौँमा छ लाख ३७ हजार ७७५ मतदाता छन् । त्यसमा तीन लाख २९ हजार ५४५ महिला, तीन लाख आठ हजार २२१ पुरुष र नौ अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...