ताजा समाचार

स्थानीय तहको उम्मेदवार बन्न के के चाहिन्छ, कति लाग्छ शुल्क ? (पूर्णपाठ)

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबर र सोमबार मनोनयन दर्ताको समय तोकेको छ ।

स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाधयक्ष, सदस्यमा उम्मेदवारी दिन चाहने जो कोहिले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगने जनाएको छ ।

३० बैशाखमा हुने निर्वाचनका लागि आयोगले उम्मेदवारी दर्ता गर्न के के चाहिन्छ भनेर आवशञक कागजातको सूची नै सार्वजनिक गरेको हो । उम्मेदवारी दर्ता गराउन सम्बन्धित पालिकामा मतदता नामावलीमा नाम हुनुपर्ने र एक जना प्रस्तावक र समर्थक चाहिने आयोगले जनाएको छ ।

पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा मनोनय दर्ता गराउन १५०० रुपैयाँ धराैटी राख्नुपर्ने जनाएको हो । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्नेछ ।

कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ । कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्नेछ ।

वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्कलाग्नेछ । वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।

हेर्नुहोस के छ आयोगले गरेको व्यवस्थाः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org