ताजा समाचार

मेयरको उम्मेदवार बन्न स्थापितले दिए राजीनामा

काठमाडाैं । नेकपा एमालेका बागमती प्रदेश सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

एमालेले स्थापितलाई काठमाडाैं महानगरपालिकाको मेयरमा प्रस्ताव गरेपछि उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन् ।

स्थापितले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर आज राजीनामा बुझाएका हुन् ।

उनी ०७४ मा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश सभा क्षेत्र (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई तत्कालीन मुख्यमन्त्री डोरमणी पाैडेलले मन्त्रीबाट बर्खास्त गरेका थिए । पाैडेलको मन्त्रिपरिषद्मा उनी भाैतिक विकास पूर्वाधार मन्त्री थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org