ताजा समाचार

उद्धव पाैडेलद्वारा राप्रपा परित्याग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पाैडेलले पार्टी अध्यक्षालाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा आफू पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ ।

राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए । पौडेल कमल थापाका विश्वास पात्र भनेर चिनिन्थे । तर राप्रपा नेपालले राजसंस्था नबोक्ने निर्णय गरेपछि र एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल असन्तुष्ट थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org