ताजा समाचार

विश्वराज पोखरेललाई आईजीपी बनाउन गृह मन्त्रालयको प्रस्ताव

काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ ।

मन्त्रालयले एक नम्बर बरियतामा रहेका पोखरेललाई आईजीपी नियुक्त गर्ने गरि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने तेश्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा रहेका छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई एकल आईजीपीको दाबेदार बनाउने गरेर बढुवा गरेको थियो । यो निर्णयमा नेपाली कांग्रेस भने क्रुद्ध बनेको थियो । भने, विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।

तर, सत्ता गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद सिर्जना हुने भन्दै प्रधानमन्त्री देउवालाई वरियता अनुसार नै काम गर्न सुझाएका थिए । भने, गृहमन्त्री वालकृष्ण खाँण समेत वरियता अनुसार नै अघि बढ्ने सोचमा रहेको स्रोतले जनाएको छ ।

यद्यपी प्रधानमन्त्री देउवा आईजीपी नियुक्ति कसरी गर्ने भन्ने विषयमा परामर्शमै रहेको स्रोतको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org