एमालेको प्रतिवद्धता ‘ग’ वर्गका अपाङ्गता र ६० वर्षमाथिका एकल पुरुषलाई पनि भत्ता
काठमाडाैं । नेकपा (एमाले)ले ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने प्रतिवद्धता जनाएकाे छ । बेसीशहर नगर कमिटीले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख छ ।
संघीय सरकारले एकल महिलालाई र अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गलाई भत्ता दिने गरेपनि एमाले नगर कमिटीले सार्वजनिक गरेको प्रतिवद्धतामा बेसीशहरमा ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने दाबी गरेकाे हाे ।
‘नेकपा (एमाले) को रहर, सुखी र समृद्ध बेसीशहर’ भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिवद्धतापत्रमा विपन्नलाई उत्पादनका साधन दिलाउने सामाजिक सुरक्षाको व्यवस्था गरिने, निर्माण क्षेत्रमा अधिकतम रोजगारी सिर्जना हुनेगरी श्रमप्रधान प्रविधिको प्रयोग गरिने, श्रम गर्नसक्ने र चाहनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गरिने, स्वरोजगारका लागि लघुउद्यम तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम तय गरिने, वैदेशिक रोजगारीमा जानेका लागि न्यूनतम सीपमुलक तालिम दिने र विदेशबाट फर्केका व्यक्तिको ज्ञान, सीप र पुँजिको सदुपयोग गर्ने सम्बन्धी कार्यक्रम तय गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
कानुन, तथा योजना तर्जुमा एवं कार्यान्वयन बेसीशहर नगरपालिका सञ्चालनका लागि आवश्यक पर्ने ऐन तथा कानुन, नियमावली, निर्देशिका, कार्यविधि निर्माण तथा संशोधन गरी स्थानीय शासन सञ्चालन ऐनको आधारमा योजना तर्जुमा र कार्यान्वयन गरिने उल्लेख छ ।
नगरपालिका नगरस्तरीय डिजिटल प्रोफाइल तयार गरी तथ्यांककलाई अद्यावधिक गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । शिक्षा क्षेत्रमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनाेट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने भनिएकाे छ ।
आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने, स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थको नियमन, सबै खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमन गरिने, समय समयमा स्वास्थ्य सेवा शिविर संचालन, प्रजनन स्वास्थ्य र पोषण सेवासम्बन्धी कार्यहरु सञ्चालन गरिने लगायतका अन्य प्रतिवद्धता उल्लेख गरिएको छ ।
फोहोरमैला व्यवस्थापन र सरसफाइतर्फ फोहोरमैला व्यवस्थापनको गुरुयोजना तर्जुमा गरी वैज्ञानिक तथा दीर्घकालीन रुपको ल्यान्डफिल साइटको व्यवस्थापन गरिने, फोहोरमैला व्यवस्थापन र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । विद्युतीकरण र वैकल्पिक उर्जा, जलस्राेत तथा सिंचाइ पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ कृषिमा आधुनिकिरण र प्रविधिको उपयोग गरी स्मार्ट विधिमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...