बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन् ।
यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ३६ सय ६३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार गिता सिहलाइ पराजित गरेका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसबा६ महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए । बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो । एमालेले एक्लै निर्वाचनमा होम्मिएको थियो । अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
Comments
अरु समाचार
-
माओवादी उग्रवामपन्थी दलबाट विचौलियामा रुपान्तरण : एमाले नेता विष्णु रिजाल
जुम्ला । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनु भएको छ ।...
-
निर्वाचनका लागि मात्रै गठबन्धन गरेकाे हाेइनाैं: प्रचण्ड
जुम्ला । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तकाे प्रतिस्पर्धा...
-
कर्णाली प्रदेशमा व्यस्त प्रचण्ड, आज पाँच चुनावी सभालाई सम्बोधन गर्ने
सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा व्यस्त भएका छन् । उनी आज...
-
कांग्रेस उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्ध बैंकिङ कसुरको उजुरी
रुकुम पश्चिम । कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको...
-
घोडा संरक्षण गर्न जुम्लामा घोडा दौड
जुम्ला । जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित...
-
सल्यान दुर्घटनामा ८ को मृत्यु, मृतकको परिचय खुल्यो
सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३...
-
धर्मपुत्री बलात्कार प्रकरण: आरोपित महत पुर्पक्षका लागि कारागार चलान
जुम्ला । जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि बलात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान भएका छन्...
-
जुम्लामा स्याउ महोत्सव हुँदै
जुम्ला । जुम्लामा स्याउ महोत्सव हुुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ २७...
-
चितवन ३ बाटै चुनाव लड्छुः प्रचण्ड
सुर्खेत । नकपा माओवादी केन्द्राक अध्यक्ष प्रचण्डले आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाटै निर्वाचन लड्ने जनाएका छन् । कर्णाली...