सिन्धुपाल्चोकको सबै तहको परिणाम आयाे, कांग्रेस पाँच, माओवादी चार, एमाले तीन
सिन्धुपाल्चोक । १२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
कांग्रेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ । माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका, सुनकोसी गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ ।
जिल्लाका १०३ वडामध्ये कांग्रेसले ५३, एमालेले ३६, माओवादीले ११, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक-एक वडा जितेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।
चौतारा साँगाचोकगढी प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापा नाै हजार ७२६ मत ल्याएर निर्वाचित भएकी छन् । नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।
बाह्रविसे प्रमुखमा कांग्रेसका बालकृष्ण बस्नेत सात हजार ७२८ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा नेपाली कांग्रेसकै मञ्जु तामाङ ६ हजार ९७७ मत ल्याएर निर्वाचित भइन् ।
मेलम्ची प्रमुखमा कांग्रेसका आइतमान तामाङ ११ हजार २५८ मत ल्याएर निर्वाचित भएका छन् । उपप्रमुखमा एमालेकी उमा प्रधानले १० हजार १६४ मत ल्याएर विजयी हासिल गरिन् । नगरपालिकामा कांग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो ।
जुगल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रेशम स्याङ्बो पाँच हजार ५०३ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ चार हजार ६८९ मत ल्याएर विजयी भए । पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो ।
त्रिपुरासुन्दरी अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा चार हजार २२९ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकै गीताकुमारी नेपाल चार हजार १५६ मत ल्याएर विजयी भइन् ।
पाँचपोखरी थाङपाल मा माओवादी र कांग्रेस गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ । अध्यक्षमा टासी लामा पाँच हजार ६०८ र एमालेकै सुनिता अधिकारीले पाँच हजार ७२२ मत ल्याएर निर्वाचित भएकी छन् । यहाँ अध्यक्ष/उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।
बलेफी अध्यक्षमा माओवादी केन्द्रका गंगाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ चार हजार ३९४ मत ल्याएर निर्वाचित भएका छन् । यहाँ माओवादी केन्द्र र समाजवादीबीच तालमेल भएको थियो ।
भोटेकोसी अध्यक्षमा कांग्रेसका पासाङ नुर्पु शेर्पाले दुई हजार ६०५ मत ल्याए भने उपाध्यक्ष कांग्रेसकै दिछेन शेर्पा दुई हजार ७१२ मत ल्याई निर्वाचित भएका छन् ।
इन्द्रावती अध्यक्षमा एमालेका झम्कनाथ नेपाल सात हजार १२७ मत ल्याएर विजयी भए । उपाध्यक्षमा एमालेकै शोभना तामाङ ६ हजार ५१३ मत ल्याई निर्वाचित भइन् ।
लिसंखुपाखर अध्यक्षमा माओवादी केन्द्रका राजु लामा तामाङ तीन हजार ९२५ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षमा एमालेकी मिठू देवी लामाले ३२ सय ५१ मत ल्याइन् ।
सुनकोसी अध्यक्षमा एमालेका टपिन्द्रप्रसाद तिमल्सिनाले ५९ सय ३२ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी कान्छी लामा पाँच हजार ९०५ मत ल्याई विजयी भइन् । पालिकामा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।
हेलम्बु अध्यक्षमा कांग्रेसका निमा ग्याजेन शेर्पाले ५३ सय ८६ मत ल्याई विजयी हासिल । उपाध्यक्षमा कांग्रेसकै अप्सरा लम्साल लामिछानेले ५२ सय १४ ल्याई विजयी भइन् । यहाँ अध्यक्षमा पुरानै अनुहार दोहोरिएको हो ।
उपप्रमुख पदमा सिन्धुपाल्चोकमा एक अनुहार दोहोरिएको छ भने अरु नयाँ निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा सुनिता अधिकारीलाई जनताले फेरि उपाध्यक्षमा चुनेका छन् । बाह्रविसेमा सुशीला पाख्रिनलाई उपप्रमुखक लागि फेरि एमालेले दोहोर्याए पनि उनी पराजित हुनुपर्याे ।
लिसंखु प्रमुख माओवादीले जित्दा उपप्रमुख भने एमालेबाट मिठुदेवी लामा निर्वाचित भइन् । सुनकोसीमा एमालेका टपेन्द्र तिमल्सिनाले अध्यक्ष पद जित्दा उपाध्यक्षमा कांग्रेसकी कान्छी लामाले जितिन् । बलेफीमा माओवादीले अध्यक्ष आफ्नो पोल्टामा पाउँदा उपप्रमुखमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित भइन् । मेलम्चीमा कांग्रेसका आइतमान तामाङ प्रमुख पदमा विजयी हुँदा उमा प्रधान एमालेबाट निर्वाचित भइन् ।
Comments
अरु समाचार
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...