ताजा समाचार

धरान उपमहानगरमा स्वतन्त्रबाट हर्कराज विजयी

धरान । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई फराकिलो मतान्तरसहित मेयर पदमा निर्वाचित भएका छन् ।

राईले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । भने, नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन् ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भएका छन् । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org