ताजा समाचार

बाल याैन दुराचार आरोपमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ

काठमाडौं । बाल याैन दुराचारको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ ।

तीन विद्यार्थीले याैन दुराचार गरेको भन्दै शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पाैडेलविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

ती विद्यार्थीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि शिक्षकद्वय अधिकारी र पाैडेललाई पक्राउ गरिएको गौशाला वृत्तका डीएसपी केशव भट्टराईले जानकारी दिए । उनका अनुसार ३ विद्यार्थीले दिएको जाहेरी अनुसार शिक्षकहरुविरुद्ध बाल यौन दूराचार मुद्दामा अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org