ताजा समाचार

लोकप्रिय मतको आधारमा एमाले नै देशको ठूलो दलः रिमाल

काठमाडाैं । नेकपा एमालेका नेता विष्णु रिमालले लोकप्रिय मतको आधारमा एमाले नै देशको ठूलो दल भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश सेयर गर्दै उनले लेखेका छन्, ‘यदी गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धन भित्रका दलहरु बीच के कसरी अंशबण्डा भएको छ, त्यो ती दलहरुको आन्तरिक विषय हो । यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सीटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो । यो तथ्य स्वीकार्न साथीहरुमा आनाकानी किन ? यदी काँग्रेस आफुलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफुले ‘सहयोगी’बाट लिएको ‘सापटी’ कति हो छुट्याउन परेन ? सावाँ, सापटी, व्याज सबै एक्लै काँग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र ?’

लोकप्रिय मतको आधारमा एमाले नै पहिलो दल भको दाबी गर्दै रिमालले तथ्यमा रहेर बहस गर्न र स्विकार गर्न समेत अपिल गरेका छन् ।

लोकप्रिय मतको आधारमा एमालेले ३४ प्रतिशत (३८०९६९८) मत प्राप्त गर्दा कांग्रेसको ३३.३ प्रतिशत र नेकपा माओवादी केन्द्रको ११.९ प्रतिशत छ रहेको जनाएका छन् । भने, नेकपा एसको ४ प्रतिशत मात्रै मत रहेको र त्यो उसको मात्र नभई गठबन्धनको समेत मत रहेको टिप्पणी उनले गरेका छन् ।

हेर्नुहोस रिमालले सार्वजनिक गरेको मत परिणामः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org