ताजा समाचार

वृद्धभत्ता एमालेको ब्राण्ड, उमेर ५८ मा झारेपनि फरक पर्दैनः पाण्डे

काठमाडाैं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड रहेको जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले वृद्धभत्तामा एमालेको दाबी पुग्ने भएकाले यो एमालेकै ब्राण्ड रहेको जनाएका हुन् ।

सरकारले बजेट मार्फत वृद्धभत्ता ७० बाट ६८ वर्षमा झारेपछि पाण्डेले यसलाई ५८ मै झार्दा पनि जनताले एमालेलाई नै धन्यवाद दिने जनाए । जनयुद्ध र राष्ट्रिय मेलमिलापमा एमालेको दाबी नपुग्ने उदाहरण दिएका पाण्डेले भने, ‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो । तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन,’ उनले भने, ‘जनयुद्धमा हाम्रो दाबी पुग्दैन, राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, त्यसमा कांग्रेसको दाबी पुग्छ । ठीक त्यसैगरी बृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन् ।’

यस्तै, उनले वृद्धभत्ता ५ हजार पुर्‍याउनुपर्ने समेत जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org