ताजा समाचार

फोहोर फाल्न बन्चरेडाँडामा स्थानीयमाथि प्रहरीको बल प्रयोग

काठमाडौं ।  बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर फाल्न काठमाडौंबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

धुनिबेंसी नगरपालिका–१ र ककनी गाउँपालिका–३ का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाएर फोहोर फाल्ने काम गरिएको स्थानीयले जनाएका छन् ।

संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको स्थानीय तथा समितिका उपाध्यक्ष सन्नोत उप्रेतीले बताए । उनीहरूलाई अहिले भ्यानभित्रै थुनेर राखिएको छ ।

सरकारले सोमबार राति भएको सम्झौताअनुसार मंगलबारदेखि फोहोर खसाल्न ल्याउन भनेपछि बञ्चरेडाँडाका स्थानीय बिहानैबाट धर्ना बसेका थिए । प्रहरीले घरघरमै पुगेर स्थानीयवासीलाई लाठी प्रहार गरिरहेको पीडितहरुले बताएका छन् । उनीहरुले सडकमा हिँडिरहेकाहरुलाई पनि प्रहरीले बल प्रयोग गरेको उप्रेतीले बताए ।

बञ्चरे डाँडामा प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पनि पुगेका छन् । उनी पनि कसैलाई पनि पक्राउ नगरेको दाबी गर्छन् । भने, प्रहरीले स्थानीयलाई पक्राउ नगरेर हटाएको दाबी गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org