ताजा समाचार

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात

काठमाडाैं । जनता समाजवादी पार्टीका नेता तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात भएको छ ।

जसपाका सांसद रामबाबु यादवले मन्त्री श्रेष्ठलाई कार्यकक्षमै हातपात गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादवले आफ्नो क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै श्रेष्ठमाथि टेबल ठोक्दै पानीको बोतल फालेर हातपातमा उत्रिएका हुन् । हातपात भएपछि उनका पीएसओले वचाउ गरेको जनाइएको छ ।

‘मेरो कुरा नसुनी उहाँ मात्र बोलेपछि मैले आफ्नो अगाडि भएको टेबल ठोकठाक गरेको हुँ । पानीको बोतल बजारेको हुँ । तर, म उहाँको टेबलसम्म गएको छैन’, सांसद यादवले भने ।

जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org