ताजा समाचार

विवाहको उमेर संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको छः कानुनमन्त्री

काठमाडाैं । सरकारले विवाहको उमेर संशोधन गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

मतदान गर्ने उमेर १८ वर्ष भएकाले विवाह समेत १८ वर्षमा गर्न पाउने गरि कानुन संशोधनको प्रक्रिया अगाडी बढेको र यसबारे अध्ययन सुरु भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जनाए ।

मन्त्री कोइरालाले कानुन मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानुन संशोधन कार्य सुरु भएको जानकारी दिएका हुन् ।

‘विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ । १६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा भोट हाल्न पाउँछ । २० वर्षमा विवाह भन्ने कानुन छ,’ उनले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ ।’

प्रचलित कानुनमा विवाह गर्ने २० वर्ष छ । २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org