ताजा समाचार

ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

नागरिकता र संक्रमणकालीन न्याय लगायतका विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुई मन्त्री बालकोट पुगेका हुन् ।

सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ । दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने तयारी रहेको र सोही क्रममा प्रतिपक्षी दलका नेता ओलीसँग मन्त्रीहरूले भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org