ताजा समाचार

स्थानीय भन्दा प्रदेश र प्रतिनिधिसभामा गठबन्धन गर्न सहज हुन्छः नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तह भन्दा प्रदेशसभा र प्रतिनिधिसभामा गठबन्धन गर्न सहज हुने बताएका छन् ।

आइतबार आयोजित सम्पादकहरुसंगको छलफलमा अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन बढी पेचिलो भएको, तर प्रतिनिधिसभा र प्रदेशसभामा तुलनात्मक रुपमा सजिलो हुने बताएका हुन् ।

‘गठबन्धन गर्न स्थानीय तहमा बढी पेचिलो भयो’ उनले भने, ‘तुलनात्मक रुपमा माथि सजिलो छ । किनभने प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिट छ ।’

अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म अहिलेकै सत्तारुढ दलबीच गठबन्धन हुने बताए । नेकपा एमालेले संसद विघटन गरेकामा गल्ती महसुस नगरेकाले तत्काल तालमेल वा गठबन्धन हुने सम्भावना नरहेको पनि अध्यक्ष नेपालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org