ताजा समाचार

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २५ देखि ३० रुपैयाँ घटाउदै सरकार

काठमाडौँ । इन्धनमा चर्को मूल्य वृद्धिका कारण महंगी बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई करमा हेरफेर गरेरै भएपनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निर्देशन दिएको थियो ।

गठबन्धनको बैठकको निर्देशन अनुसार पेट्रोलियम पदार्थको कर कटौति गर्ने र मूल्य समायोजन गर्ने तयारी अघि बढेको सकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घटाउने तयारी गरिएको छ ।

यस्तै, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनताको चुल्हो बल्न कठिन रहेको भन्दै सरकारले बजारमा हस्तक्षेप गरेर मूल्य वृद्धि नियन्त्रण गर्न प्रस्ताव गरेको जनाए । उनकै प्रस्तावमा सरकारले शनिवारदेखि वा आइतबारबाट मूल्य समायोजन गरेर बजार अनुगमन कडाईका साथ गर्ने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org