ताजा समाचार

अन्ततः फुट्ने भयो जसपा, यादव र भट्टराई सहमतिमै अलग हुन तयार

असार १६, काठमाडौं । विवादका वाबजुत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुन सहमत भएका छन् ।

वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ पार्टी एकता गरेपनि संगठनात्मक स्वरुप दिन नसक्दा यसले प्रतिफल दिन नसक्ने भन्दै डा. भट्टराईले यादवलाई बोलाएर सहमतिमै छुट्टिन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

दुबै पक्षले आधिकारीक रुपमा यसलाई बाहिर नल्याएपनि उनीहरु अन्ततः छुट्टिन तयार भएका हुन् । यादव पक्षका नेताहरुले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको पुष्टि गरे । सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका उनी निकट स्रोतले बतायो ।

दुई नेताहरुबीच नेता र सांसदलाई पार्टी रोज्न दिने सहमति जुटेको जनाइएको छ । तर, पार्टीको आधिकारिकता यादवको पक्षमा रहने दाबी गरिएको छ । अहिले पार्टीमा यादव पक्ष बहुमतमा रहेको जनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org