ताजा समाचार

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडाैं । महानायक राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

प्रचण्ड निवास खुमलटारमा हमालले प्रचण्डलाई भेटेका हुन् । भेटको संयोजन कलाकार चेतन सापकोटाले गरेका हुन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि करिब एक दर्जन आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला आज बिहान राजेश हमाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । यो भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org