ताजा समाचार

न्यायालयमा विसंगति छन, शुद्धीकरण गरेर लैजान सकिन्छः कामु प्रधानन्याधीश कार्की

काठमाडाैं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकुमार कार्कीले न्यायालयमा विसंगतिहरु भएपनि सच्याएर अघि बढ्नुपर्ने जानएका छन् ।

नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कायमुकायम कार्कीले न्यायालयलाई शुद्धिकरण गर्दै लैजानुपर्ने भन्दै भने, ‘‘न्यायपालिकामा समस्या छ, अब न्यायालयले कामै गर्न सक्दैन भन्ने कुरा आइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन । न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भन्ने होइन, उनले भने, ‘न्यायपालिकामा पक्कै पनि विसंगतिहरू छन्, तर हामी त्यसलाई सच्याएर अघि बढ्न तयार हुनुपर्दछ । हामी सबैको होस्टेमा हैसे भएमा हामीले न्यायालयलाई शुद्धीकरण गरेर लैजान सक्छौँ ।’

यस्तै, उनले कानुनका विद्यार्थीहरुलाई नैतिकताका विषयमा समेत अध्यापन गराइनुपर्ने जनाए । ‘न्यायालय सुधारका लागि विश्वविद्यालयको पनि भूमिका हुन्छ । हामीले कानुनका विद्यार्थीलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनु राम्रो हुन्छ । यस्तो विषयलाई पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org