ताजा समाचार

माओवादी केन्द्रीय समितिमा प्रचण्डका छोरी–ज्वाँई पनि

काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन् ।

आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल भएका हुन् ।

सूचीको ३ सय १३ औं नम्बरमा गंगा दाहाल र ३१८ औँ नम्वरमा ज्वाई आचार्य उल्लेख गरेर थप केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाई नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रीय समितिमा अटाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org