ताजा समाचार

संसदलाई सम्बोधन गर्दै ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

समसामयिक विषयमा दलको धारणा राख्न ओलीले संसदलाई सम्बोधन गर्न लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ओलीले एसपीपी लगायत विषयमा धारणा राख्ने भट्टराईले जनाए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिप (एसपीपी)मा सहभागी हुन नेपाली सेनाले ओली सरकारकै पालामा पत्राचार गरेको सार्वजनिक भएको थियो । तर ओलीले भने पत्रको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org