नेप्से १६ अंकले घट्यो
काठमाडाैं । पुँजी बजार सूचक नेप्से बिहीबार १६.६० अंकले घटेको छ । यससँगै सूचक २०२७.३२ विन्दुमा आएको छ । आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
असार दोस्रो सातादेखि बजार समग्रमा सकारात्मक गतिमा अघि बढिरहेको छ । तथापि, लामो समयदेखि तल झरेकाले सर्वसाधारण लगानीकर्ता आत्तिएका थिए । भाउ तल घट्दा त्रसित भएका लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रुपमा सकारात्मक बनिसकेको छैन । सोही कारण थोरै बढ्दा आत्तिएर बेच्नेहरू अझै छन् ।
तर, समग्रमा बजारले सकारात्मक गति लिँदै गएको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । यो बजारका लागि सुखद् पक्ष हो । आम लगानीकर्ता यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा छन् । अहिलेको योजनाअनुसार काम भएमा केन्द्रीय बैंकले साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।
आज दुई सय २९ कम्पनीको ४७ लाख ११ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । सात करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित एलआइसी नेपाल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली पावर र शिवम् सिमेन्ट्स छन् ।
Comments
अरु समाचार
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७...
-
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १...