ताजा समाचार

मन्त्री कार्कीले प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिए: अध्यक्ष विष्ट

विराटनगर । प्रेस चौतारी प्रदेश १ ले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रेस स्वतन्त्रता विरोधि अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

चौतारीका प्रदेश १ अध्यक्ष अविजाल विष्टले एक विज्ञप्ति जारी गर्दै संविधानमै लोकतन्त्र र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी भइसकेको अवस्थामा आफू अनुकुलको समाचार न आउदा मन्त्रीले दिएको अभिव्यतिले गम्भीर ध्यानाकर्षण गराएको जनाएका छन् ।

`समाचार लेख्ने पत्रकारले बलात्कार गर्यो भनेर समाचार आए उसले खण्डन गर्न सक्छ ?’ भन्दै मन्त्री कार्कीले धम्कीपूर्ण भाषाको प्रयोग गरेको भन्दै चौतारीले विज्ञप्ति जारी गरेको हो ।

यस्तै, चौतारीले मन्त्री कार्कीलाई क्षमायाचना गर्न समेत माग गरिएको छ ।
`विराटनगर महानगरपालिका-१२ मा निर्माणाधीन स्कम्वासी बस्ती निर्माणका लागि रकमान्तर गरी असार १६ गते मन्त्री कार्कीले बजेट ल्याई महानगर पालिकालाई सम्झौता गर्न दबाब दिएको तथा अन्तिम समयमा आएर सम्झौता गरी हरहिसाब फरफरका गर्न नसक्ने भन्दै महानगरले सम्झौता नगरेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । उक्त समाचारको खण्डन गर्ने नाममा मन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले बलात्कार गर्यो भन्ने आरोपमा समाचार लेख्न उत्प्रेरित गर्नु दुःखदायी र खेदजनक छ´, विज्ञप्तिमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org