ताजा समाचार

चिनियाँ नेता फर्किएसंगै प्रचण्ड भारत प्रस्थान

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आएर फर्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत प्रस्थान गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तामा प्रचण्ड शुक्रबार भारत प्रस्थान गरेका हुन् । भारत जानुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुराकनी गर्दै प्रचण्डले आफ्नो भ्रमण आकस्मिक नभएको दाबी गरे । तर, यो भ्रमणलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभएको भन्दै भने, ‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु ।’

भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत सरकारी अधिकारीसंग कुराकानी हुने उनले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org