ताजा समाचार

नेचिप्सको आयोजनामा ‘भूराजनीतिक अवस्थाबारे’ विचार गोष्ठी, ओली उपस्थित हुने

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनाैती र अबको बाटो’ विषयक विचार गोष्ठीको आयोजना हुने भएको छ ।

नेपाल चीन हिमालयन मैत्री समाज (नेचिप्स नेपाल)को आयोजनामा असार ३२ गते राष्ट्रिय सभागृहमा कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा ओलीसंगै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जनता समजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी वक्ताको रुपमा उपस्थित हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org