ताजा समाचार

गठबन्धनले राजनैतिक पूर्वाग्रह राख्न थाल्योः एमाले

खोटाङ । नेकपा एमाले खोटाङले गठबन्धनले जितेको स्थानीय तहमा राजनैतिक पूर्वाग्रह राखेर उपभोक्ता समितिदेखि कर्मचारीमाथि विभेदपूर्ण व्यवहार भएको भन्दै विरोध जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायतका स्थानीय तहमा एमालेका समर्थक रहेको उपभोक्ता समिति तथा कर्मचारीलाई राजनैतिक पूर्वाग्रह साँधेर ‘टर्चर’ दिइएको भन्दै एमालेले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल र सचिव कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा गठबन्धनबाट निर्वाचित स्थानीय सरकारले राजनैतिक आस्थाको आधारमा सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी दिन आलटाल गर्ने, भुक्तानी रोक्ने, बाधा सिर्जना गर्ने, आफ्नो दल निर्वाचित भएको ठाउँमा र आफ्नो कार्यकर्ताले गरेको काम सम्पन्न नहुँदै अनुगमन नै नगरी तथा लेनदेनका आधारमा भुक्तानी दिने गरिएको भन्दै विरोध जनाइएको छ ।

एमालेले कर्मचारीलाई अदलबदल गर्ने, राजनीतिक आस्थाको आधारमा करारमा कार्यरत कर्मचारीलाई विभेद गर्ने, फरक आस्था भएकाहरुलाई अनावश्यक टर्चर दिने, फरक राजनीतिक आस्था भएका मान्छेरसंयन्त्रलाई निषेध गर्ने जस्ता गैर–राजनैतिक र पूर्वाग्रही ढंगको व्यवहारप्रति घोर निन्दा गरेको छ । सबै नागरिकहरुको काम गर्न भनेर निर्वाचित भएको स्थानीय सरकारलाई तुरुन्त यस्ता किसिमका व्यवहार रोक्न र यो किसिमको प्रवृत्तिलाई सुधार्नका निम्ति एमाले कडाईका साथ खबरदारी गर्दछु, विज्ञप्तिमा अगाडि भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org