ताजा समाचार

ओलीसंग फ्रान्सका राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले आज पार्टी कार्यालय च्यासलमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई देशबीचको मैत्रीपूर्ण दैत्य सम्बन्ध र आपसी सहयोगका विषयमा कुराकानी भएको थियो ।

छलफलका क्रममा फ्रान्सको राष्ट्रपतीय निर्वाचनका बारेमा जानकारी गराउँदै राजदूत जिलले नेपालको स्थानीय तह निर्वाचनका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष ओलीले राजदूत जिलको जिज्ञासाको जवाफ दिएका थिए ।

सो अवसरमा अध्यक्ष ओलीलाई राजदूत जिलले पहिलो फ्रान्सेली सगरमाथा आरोही पीर माजाउले पठाउनुभएको शुभकामना पत्र प्रदान गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org