ताजा समाचार

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन दलसंग चुनावी तालमेल गर्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा गठबन्धनमा रहेका दलसंग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनमा रहेका दलसंग सम्वाद गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकको निर्णयमा कांग्रेसलाई प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न तालमेल गर्ने भनिएको छ ।

तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org