ताजा समाचार

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो ।

कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत कित्ता योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।

रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि ७ लाख ७० हजार ६४० कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो ।

कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । यसमा पनि बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org