ताजा समाचार

राष्ट्रपतिबाट विभिन्न मुलुकका लागि राजदूत नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रूसी महासङ्घका लागि नेपालको आवासीय राजदूतमा, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई भूटानका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org