ताजा समाचार

युवराज अधिकरी निगममा आएपछि वित्तिय अवस्थामा छलाङ

काठमाडौं । नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्षमा युवराज अधिकारी आएपछि वित्तिय अवस्थामा छलाङ मारेको छ ।

५८ करोडमात्र नगद मौज्दात रहेको अवस्थामा निगमको कार्यकारी अध्यक्षमा प्रवेश गरेका अधिकारीले छोटो समयमै २ अर्बको नगद मौज्दात जम्मा गर्न सफल भएका हुन् ।

१ अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषको ९० करोड/नागरिक लगानी कोषको ४५ करोड) ऋण भुक्तानी गरिएको छ । ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरिसकेको निगमले आवश्यकता परेमा सीमाभित्र रहेर वित्तिय सुविधा लिन सक्ने अवस्था समेत निर्माण गरिएको छ ।

निगमले ३ अर्ब २७ करोड रुपियाँ जतिबेला पनि चलाउन सक्छ । निगमको कार्यकारी अध्यक्षमा अधिकारी प्रवेश गर्दा ५८ करोड नगद मौज्दात भएकोमा हाल करीव २ अर्बको नगद मौज्दात भई १ अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषको ९० करोड/नागरिक लगानी कोषको ४५ करोड) ऋण भुक्तानी गरिएको छ ।

दुई वर्षसम्म निगमले कत्तिपनि ऋण तिर्न सकेको थिएन । हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको छ ।
ओभर ड्राफ्ट रकम भुक्तानीले ५ महिनाको अवधिको निगमलाई यसको व्याज भुक्तानी गर्ने दायित्व वापतको रकम समेत वचत हुन गएको छ । यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।
निगमले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम ८ महिना (साउनदेखि फागुन)सम्म ८ अर्ब ३८ करोड रुपियाँ आम्दानी भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा आम्दानी ५ अर्ब ७० करोड रहेको थियो ।

निगमले उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वटा वाईडबडी जहाजको औसत सीट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको छ ।

कात्तिकमा ए–३२० ले ७ घण्टा ३८ मिनेट र ए–३३० ले ६ घण्टा ३८ मिनेटले बढेको छ । चैतमा ९ घण्टा ४८ मिनेट ए–३२० को र १० घण्टा ४१ मिनेट ए–३३० को समय बढेको छ ।
निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेवित्तिकै अधिकारीले विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सुचारु भएका छन् ।

कात्तिक महिनामा दिल्लीको दैनिक १ उडान भएकोमा हाल दुई उडान भइरहेको छ । मुम्बईको बन्द रहेको उडान हाल सातामा ३ उडान भइरहेको छ । बैंगलौर, दोहा, दुबई, हङकङ, क्वालाम्पुर, बैंकक, नारिता र साउदी अरबमा उडान संख्या बडाएर उडान भएका छन् ।

सुदूरपश्चिममा नियमित उडान भएका छन् । इलाममा नियमित उडानको तयारी भएको छ ।

निगमले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त विश्वका यात्रुतर्फ २१ वटा र कार्गोतर्फ २४ वटा वायुसेवाहरूसंग सम्झौता (SPA), गरी निगमको साख र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ ।

अन्य उडानका कनेक्टिङ उडानमा यात्रुहरूको आवश्यक्तालाई ध्यानमा राखी निगमको उडानको सीमालाई सुधार गर्नुपर्छ ।
निगमले यात्रु सेवा पद्धति वायुसेवा कम्पनीहरूको जीवन रेखा मानिने ‘पीएसएस’ पद्धतिमार्फत रिजर्भेसन, टिकेटिङ, एयरपोर्टे चेकिङ, ईन्टरनेट बुकिङ सञ्चालन हुने गरेको छ ।

‘पीएसएस’ सम्बन्धी सेवा बन्द गर्ने घोषणा गरी २०१९ मा २०२२ देखि आफ्नो ‘पीएसएस’ सम्बन्ध जानकारी समेत सीता (SITA)ले दिएको अवस्थामा टेण्डर प्रकृया समेत अगाडि नबढाई अवरुद्ध भएको यो प्रोजेकटलाई समयसीमाभित्र अगाडि बढाउन निर्क कार्य अगाडि बढेको छ ।

नयाँ ‘पीएसएस’को चयनसँगै विभिन्न गन्तव्य मुलुकका बाध्यात्मक/अनिवार्य प्रावधान समेत निगमले अनुशरण गर्दै जानुपर्ने अवस्थामा नयाँ ‘पीएसएस’लाई अन्य ती देशका अनिवार्य सिष्टमसँग ईन्ट्रिग्रेशन गर्ने क्रममा अन्य सिष्टमसँग लिङ्कअप गर्नुपर्ने तथा यसबीचमा ती कम्पनीले निगमसँग पुरानो सम्झौत अनुसार असुल उपर गर्ने डिस्प्यूट गरेको करोडौं रकम समेत विभिन्न चरणमा वार्ता गरी छुट लिन सफल भई करोडौं रकम बचत भएको छ ।

मध्य तथा खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाईडबडीको सफल परीक्षण अवतरण, केन्द्रीय कार्यालयमा सर्भेनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगमर विद्युत प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्ति जस्ता कार्य निगमले छोटो समयमा पूरा गरेर आर्थिक अवस्था सुधार गरेको छ ।

कार्यकारी अध्यक्ष अधिकारीले निगमलाई छोटो समयमा कर्मचारीहरूको साथ सहयोग लिएर सुधार गरेका छन् । उनले राम्रो काम गर्दागर्दै निगमको भलो नचाहने सानो समूहले चलखेल गरेर स्वार्थपूर्तिमा आफूलाई सक्रिय बनाएको छ ।
सरकारले निगमको भलो चाहन्छ भने अधिकारीलाई हटाउन केही तत्वले गरेको चलखेलको पछाडि लाग्नु हुँदैन ।

अधिकारीलाई नै काम गर्न दिएर निगमको अवस्था सुधार गर्नुपर्छ । छोटो समयमा कार्यकारी अध्यक्षलाई हटाएर अर्कोलाई नियुक्त गर्ने हो भने निगमको अवस्था सुधार हुनेभन्दा पनि बिग्रिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org