नक्कली सर्टिफिकेडमा इजरायल जानेकाे ताँती
काठमाडौं । नेपाल सरकार र इजरायल सरकारवीच (जीटुजी) माध्यमबाट इजरायलको दिर्घकालिन स्याहार केन्द्रका लागि भएको सम्झौता अनुसार इजरायल गएका र जाने तयारीमा रहेका महिला र पुरुष केयरगिभर कामदारहरु मध्ये पुरुषहरु र केहि महिला कामदारको कियर गिभरको तालिमको प्रमाण पत्र नक्कली बनाएर पेस गरेका छन् । वैदेशिक राेजगार विभागले छानविन नै नगरिकन तिनै नक्कली प्रमाण पत्रका आधारमा कामदार छनोट गरेर पठाएकाे पाइएको छ । कामदारहरुको कियर गिभरको तीन महिने प्रमाण पत्र २०, २५ र ३० हजारमा खरिद गरेर फारम भरेको स्वयम इजरायल जाने कामदारहरुले नै बताउदै आएका छन् ।
यस्ता कामदारले अन्तर्राष्ट्रिय श्रम बजारकाे नेपाली कामदार माग ठुलो असर पर्नसक्ने अवस्था देखिएको छ । कामदारले वैदेशिक राेजगारमा जानुअघि लिने अभिमुखीकरण तालिम लिदाकाे कामदारको हाजिरी रेकड, पढाउने स्थलमा राखिएको सिसि क्यामेरा फुटेज, कामदार छनोट भएको व्यक्ति तालिमको समयमा कहाँ थियो जस्ता कुरामा ध्यान नदिएको देखिएको छ । कतिपय छनोट भएका कामदार तालिमको समयमा विदेश गएका र कोही कलेजमा पढ्दै गरेका छन् । यसरी नक्कली अभिमुखीकरण तालिम लिएकाहरूले प्रसय पाउदाँ तीन महिना अध्ययन गरेर सक्कली प्रमाणपत्र पाएका, अभिमुखीकरण तालिम लिएकाहरु मर्कामा समेत परेको पाइएको छ । यस्ता प्रमाण पत्र पेश गर्नेहरुलाई छिटो बाटोबाट छानविन गरि अपराधिलाई कानुनी कारवाही गर्न र नक्कली प्रमाण पत्र पेश गर्ने र बनाउने संस्थालाई समेत कारवाही गर्नुपर्ने देखिन्छ। यसैगरि नक्कली प्रमाणपत्रका आधारमा इजरायल गएका कामदारहरुलाई सम्झौता रद्ध गराएर नेपाल फर्काउनु पर्ने समेत देखिन्छ ।
दुई दिनको ओलिन्टेशनको प्रमाण खोज्ने वैदेशिक राेजगार विभागका अधिकारीहरुले इजरायलकाे कियर गिभरको तालिमको प्रमाण किन खोजेनन ? भन्ने प्रश्न उठेकाे छ ।
कियर गिभरको तालिम दिने संस्थाहरु बैदेशिक रोजगार विभागमा दर्ता भएकाे, बर्सेनी नविकरण भएकाे, नियमित कर राजस्व तिरेकाे हुनु पर्ने नियम छ । तालिममा सहभागिहरुको हाजिरी रेकड हुनु पर्ने त्यो किन चाहिएन ? हाजिरी पेश गरिएकाे छैन, दैनिक हाजिरी गरिएकाे, अध्ययन गरिएकाे, क्लास भएकाे सिसिटिभि फुटेज पेश नहुँदा दैनिक क्लाननै नलिई, अध्ययननै नगराइ बढी शुल्क लिएर नक्कली शैक्षिक प्रमाणपत्र दिइएकाे प्रष्ट हुन्छ विभाग स्राेतले भन्याे ।
अनलाइनबाट तालिम लिएका कियर गिभरहरुको पनि त्यहाँ सहभागी भएकाे रेकर्ड हुन्छ, सिसिटिभिमा अनलाइन कक्षा लिएकाे शिक्षककाे सिसिटिभि फुटेज हुन्छ, उनकाे दैनिक हाजिर भएकाे डिजिटल हस्ताक्षर हुन्छ तर त्यहाँ हाजिर रेकड नभएकाे देखिन्छ। यी प्रमाण पनि नखाेजी विभागले नक्कली प्रमाणपत्रलाई मान्यता दिई कियर गिभरमा इजरायल कामदार पठाउदा नेपाली कामदारले त्यहाँ राम्रो काम गर्न नसकेर नेपाली कामदारप्रति प्रश्न उठाउने ठाउँ बनेकाे छ ।
विभागको शाखा अधिकृत मात्रिका भट्टराई र आइटी निर्देशकको मिलेमतोमा यस्तो गरिएको बुझिएकाे छ । यस विषयमा विभागमा उजुरी परेर आन्तरिक छानविन हुदै पनि भैरहेकाे छ । इजरायल लैजाने कामदार छनाेट गर्दा विभागका शाखा अधिकृत मातृका भट्टराईले झापाका धेरै आवेदकलाई घुस खाएर छनाेट गराएकाे आराेप लाग्दै आएकाे छ । उनले प्रति व्याक्ति ५ लाख लाख देखि ८ लाख रूपैयाँ सम्म लिएर कामदार छनाेट गरेकाे आराेप लागेकाे छ ।
Comments
अरु समाचार
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...












