ताजा समाचार

प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता, रोकियो सेन्चुरीको सेयर कारोबार

काठमाडाैं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् ।

दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ ।

अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । १००५ को स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

प्रभु बैंकले सेन्चुरीलाई प्राप्ति गर्ने भएपछि सेन्चुरी बैंकको सेयर कारोबार रोक्का भएको छ । योसँगै सोमबार (साउन १६ गते) बाट यसको सेयर किनबेच नहुने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org