ताजा समाचार

दलितको नागरिकतामा कुकुर कुकुर्नी लेख्ने अधिकारीलाई कारबाही होसः सांसद जैरु

काठमडाैं । नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्नुपर्ने बताएकी हुन् ।

अधिकृतलाई कारबाही गर्न रुलिङ जारी गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेकी उनले बैठकमा भनिन्, ‘नागरिकतामा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस् ।’

दलित समूदायका व्यक्तिको नागरिकतामा अपमानजनक ढंगले नाम लेखिएको पाइएपछि गृहमन्त्रालयले सम्बन्धित ब्यक्तिले चाहेमा नाम परिवर्तन गर्न समेत जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org