ताजा समाचार

बाबुरामलाई गठबन्धनमा ल्याउन प्रधानमन्त्री देउवा सकारात्मक

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीलाई सत्तारुढ गठबन्धनमा सहभागी गराउने विषयमा सकारात्मक रहेको बताएका छन् । सो भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा बाबुरामलाई गठबन्धनमा ल्याउन सकारात्मक देखिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवसँग भेटमा प्रधामन्त्री देउवाले नेसपालाई गठबन्धनमा सहभागी बनाउने विषयमा अन्य साझेदार दलहरुसँग छलफल गर्ने बताएका छन् ।

यसैगरी भेटमा बाबुरामले गठबन्धन बनाउन आफूहरूको ठूलो भूमिका रहेको र यसका हक समेत लाग्ने जनाएको स्रोतको दाबी छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी छाडेर भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराई र यादवको दलले सत्तारुढ गठबन्धनमा रहन्छन् वा अन्य विकल्प खोज्छन् भन्ने चासो छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org