ताजा समाचार

तिज विशेष कार्यक्रमको आयोजना गर्दै पोर्तुगल नेपाली महिला समाज

नेपाली महिला समाज पोर्तुगलले तिज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली महिलाको महान चाड हरितालिका तिजको अवसरमा नेपाली महिला समाज पोर्तुगलले लिब्सनमा तिज विशेष कार्यक्रमको आयोजना गरेको हो ।
अगष्ट २१ तारिखमा मार्टिम मोनिज पार्क लिब्सनमा तिज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
पोर्तुगल महिला समाजकी सदस्य करिष्मा शर्माले न्युज नेपाललाई भनिन: पोर्तुगलमा रहनु भएका नेपाली महिला दिदि बहिनीहरु बिच आपसि सद्भाव कायम गर्न र नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ तिज विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
पोर्तुगल महिला समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org