२५ जना सवार विद्यार्थी चढेको डुंगा पल्टियो
दाङ । दाङमा विद्यार्थी बोकेको डुंगा दुर्दटना भएको छ ।
राप्ती नदी तरिरहेको विद्यर्थी बाेकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् । ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।
क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएकाे उनले बताए । लमही नगरपालिका-९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्याथीहरू सवार डुंगा दुर्घटनामा परेको हो ।
दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको बताए ।
लमही नगरपालिका- ९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...
-
दिउँसोदेखि मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षा हुने
काठमाडौं । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको...